काठामाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीच भएको सहमतिको आलोचना गरेका छन् ।
उनले बालेनलाई जनतामा जान साहस नभको व्यक्तिले प्रधानमन्त्री बन्ने सपना देखेको भन्दै आलोचना गरेका छन् ।
उनले रवि लामिछाने र बालेनलाई सिंहदरबार जलाउने जोडीको संज्ञा दिँदै भनेका छन्, ‘हाहा… जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ ! फटाहाहरू… सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे !’
उनले सम्झौतालाई उनले ‘केबल सत्ताका लागि’ र ‘विदेशी हस्तक्षेप’लाई संस्थागत गर्नका लागि भएको टिप्पणी गरेका छन् ।
