कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीलाई बुझायो स्मरण पत्र

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएको छ । नियमित महाधिवेशनमा अलमल देखिएपछि विशेष महाधिवेशन पक्षधरले शुक्रबार स्मरण पत्र बुझाएको हो ।

उनीहरुले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरण पत्र बुझाएका हुन् । स्मरणपत्रमा भनिएको छ, ‘हामी पुनः स्पष्ट पार्न चाहान्छौ–विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो। विधानले तोकेको समयसीमा ‘तीन महिना’ अर्थात् २०८२ पौष २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नेपर्छ । अतः विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको मिति र स्थान तोक्ने निर्णय गर्न र अबिलम्ब विशेष महाधिवेशन प्रक्रिया अगाडि बढाउन जोडदार माग गर्दछौ।’

विशेष महाधिवेशन पक्षधरले असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए। विधानअनुसार विशेष महाधिवेशन माग गरेको ३ महिनाभित्र आयोजना गर्नुपर्ने हुन्छ।

विशेष महाधिवेशन पक्षधरले पुस २८ गतेभित्र विशेष महाधिवेशन आयोजना गर्न अविलम्ब मिति र स्थान तोक्न पनि माग गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *