निर्वाचनको वातावरण बनाउन सरकारलाई सभापति देउवाको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई निर्वाचनको वातावरण बनाउन सुझाव दिएका छन् ।

शुक्रबार आफूलाई भेट्न आएका सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई सभापति देउवाले अहिलेसम्म निर्वाचनको विश्वसनीय वातावरण नबनेको भन्दै त्यसमा ध्यान दिन सुझाव दिएका हुन् ।

संचारमन्त्री खरेलले आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डसँग पनि भेटवार्ता गर्दैछन् ।

केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री सुशीला कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल भएको थियो । त्यसपछि सरकारले निर्वाचनका विषयमा छलफल गर्न संचारमन्त्रीलाई प्रमुख दलका शीर्ष नेताहरुकोमा पठाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *