नयाँ र वैकल्पिक शक्तिहरुलाई मिलेर जान बाबुरामको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरूलाई मिलेर जान सुझाव दिएका छन् ।

बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँगको भेटपछि भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरू मिलेर जान सुझाव दिएको जानकारी दिए ।

उनले भने, ‘बालेनजीले बोलाउनुभएकाले आएको हुँ । उहाँलाई मेरो सुझाव छ– तपाईँहरू नयाँ र वैकल्पिक भनिएकाहरू जतिपनि हुनुहुन्छ मिल्नुस् भन्ने रह्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *