काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह भेट्न पुगेका छन् । पूर्वप्रधानमन्त्री भट्टराई बिहीबार दिउँसो कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा बालेनलाई भेट्न पुगेका हुन् ।
उनीहरूबीच समसामयिक राजनीतिक र आगामी निर्वाचनका विषयमा छलफल भएको बताइएको छ । यसअघि बालेनले आजै रास्वपाका सभापति रवि लामिछाने, उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ, निवर्तमान सांसद अमरेश कुमार सिंह, कांग्रेस नेता सुनिल शर्मालगायतसँग पनि छलफल गरेका छन् ।
