कांग्रेस नेता शर्मा र बालेनबीच संसद पुनःस्थापनाका विषयमा छलफल

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र कांग्रेस नेता सुनिल शर्माबीच भेटवार्ता भएको छ । बिहीबार उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा मेयर साहसँग संसद पुनःस्थापनाको विषयमा छलफल भएको शर्माले जानकारी दिए ।

कांग्रेस नेता शर्माले संसद् पुनःस्र्थापना गर्दा के हुन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको बताए । मेयर साहले विभिन्न दलका नेतासँग छलफल गरिरहेका छन् । यसअघि उनले उर्जामन्त्री कुलमान घिसिङ, राप्रपाका नेता ज्ञानेन्द्र शाहीलगायतसँग भेटवार्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *