प्रचण्डको सचिवालयले भन्यो-रास्वपासँग चुनावी तालमेलको प्रस्ताव गरिएको छैन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग चुनावी तालमेलको प्रस्ताव नगरिएको जनाएको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बिहीबार बिहान विज्ञप्ति जारी गरी चुनावी सहकार्यका विषयमा रास्वपासँग पार्टीका तर्फवाट संयोजक वा अन्य कुनै पनि नेताले कुराकानी नगरेको जनाएको हो ।

प्रचण्डको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भनेका छन्, ‘केही अनलाइन सञ्चार माध्यमले आज नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने झुठ्ठा समाचार प्रकाशित गरेकोमा ध्यानाकर्षण भएको छ । यो समाचार पूर्णतः असत्य छ । चुनावी सहकार्यका विषयमा रास्वपासँग पार्टीका तर्फवाट संयोजक वा अन्य कुनै पनि नेताले कुराकानी गर्नुभएको छैन । यसप्रकारका असत्य र सम्वन्धित पक्षवाट पुष्टी विना एकपक्षीयढंगले प्रवाह गरिएका झुठ्ठा समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा आग्रह गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *