काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबिच एकता गर्ने सहमति भएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टीका अध्यक्ष बीच आज साँझ एकता सहमति पत्रमा हस्ताक्षर भएको हो ।
अब पुस १६ गते एकता घोषणा सभा गर्ने पत्रमा उल्लेख गरिएको छ ।

