काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले आफूले सम्पत्ति विवरण पेस गरिसकेको तर सार्वजनिक गर्ने जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भएको बताएका छन् ।
बुधबार मन्त्रालयमा एक सय दिनको उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले सम्पत्ति विवरण सार्वजनिक गर्ने जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भएको बताएका हुन् ।
उनले भने, ‘हामी मन्त्रिमण्डलमा आएपछि नियमअनुसार साढे २ महिनाभित्र सबै मन्त्रीले सम्पत्ति विवरण पेस गरिसकेका छन्। त्यसलाई सार्वजनिक गर्ने काम प्रधानमन्त्री कार्यालयको हो।’
उनले आफू पारदर्शिता र सुशासनको विषयमा कटिबद्ध रहेको बताए । कुनै बहानामा सुशासनको विषयमा तलमाथि हुन नदिने उनको भनाई थियो ।
