सभापति लामिछाने र प्रमुख शाह भेटवार्ता ‘कथाको सुखद सुरुवात’ भएको असिम शाहको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच भएको भेटवार्ता ‘कथाको सुखद शूरुवात’ भएको रास्वपाका केन्द्रिय सदस्य असिम शाहले दाबी गरेका छन् । सोमबार राती भएको दुई पक्षबीचको भेटवार्तापछि उनले सामाजिक सञ्जालमार्फत वार्तालाई ‘कथाको सुखद सुरुवात’ को भएको बताएका हुन् ।

करिब ६ घण्टासम्म चलेको वार्ता लगत्तै मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै शाहले लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’

सोमबार राति रास्वपा सभापति लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख शाहबिच कमलपोखरीस्थित असिम शाहको अफिसमा लामो भेटवार्ता भएको थियो ।

वार्तापछि सभापति लामिछाने र मेयर शाह एउटै गाडीमा बैठकस्थलबाट बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *