एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले पाँचौ हार बेहोरेको हो । आइतबार राति भएको खेलमा युनाइटेड एस्टन भिल्लासँग २-१ गोलले पराजित भएको हो ।
भिल्ला पार्कमा भएको खेलमा भिल्लालाई जित दिलाउन मोर्गान रोजर्सले दुई गोल गर्दा युनाइटेडको लागि माथेउस कुन्हाले एक गोल फर्काएका थिए । ४५ औँ मिनेटमा रोजर्सले गोल गर्दै भिल्लालाई शुरूवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा कुन्हाले गोल गर्दै युनाइटेडलाई १-१ गोलको बराबरीमा ल्याए । ५७ औँ मिनेटमा मोर्गानले व्यक्तिगत दोस्रो गोल गर्दै भिल्लालाई २-१ गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा भिल्ला विजयी भएको हो ।
जितसँगै एस्टन भिल्ला १७ खेलबाट ३६ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा रहेको छ भने समान खेलबाट २६ अंक जोडेको युनाइटेड सातौँ स्थानमा रहेको छ ।
