एजेन्सी । स्पेनिस लिग ला लिगामा बार्सिलोना विजयी भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको भिल्लारियललाई २-० गोलले पराजित गरेको हो ।
बार्सिलोनालाई जित दिलाउन राफिन्हा र लामिने यामालले समान एक/एक गोल गरे । खेलको १२ औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई शुरूवाती अग्रता दिलाएका थिए । ३९ औँ मिनेटमा रेनाटो भेगा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि घरेलु टोली भिल्लारियल १० खेलाडीमा समेटिएको थियो ।
६३ औँ मिनेटमा यामालले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना २-० गोलले विजयी भएको हो ।
जितसँगै बार्सिलोना १८ खेलबाट ४६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ भने दुई खेल कम खेलेको भिल्लारियल ३५ अंकको साथ चौथो स्थानमा रहेको छ ।
