काठमाडौँ । नेपाली कांग्रेसमा आगामी निर्वाचनका लागि जिल्लाजिल्लाबाट उम्मेदवार सिफारिस भइरहेका छन् । यसैक्रममा नेपाली कांग्रेसले तेह्रथुमबाट महामन्त्री गगन थापाको एकल नाम सिफारिस गरेको थियो । तर कोशी प्रदेश कमिटीले निवर्तमान सांसद सीता गुरुङको नाम थपेर केन्द्रमा पठाएको छ ।
गुरुङ गत निर्वाचनमा प्रत्यक्षतर्फ जित्ने कांग्रेसकी एक्ली महिला सांसद हुन् । कोशी प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीले सीता गुरुङको नाम थपेर पठाइएको जानकारी दिए ।
यसअघि सीता गुरुङको नाम जिल्लाबाट सिफारिस नहुनुमा पूर्वसांसद तुलसी सुब्बा समूह हाबी भएको बताइन्छ । अघिल्लो निर्वाचनमा सुब्बालाई हराउन लागेको भन्दै कारबाहीमा परेका थिए ।
