नवलपरासीबाट ४५ लाख रुपैयाँ बराबरको इलेक्ट्रिक भेप बरामद

काठमाडौँ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–६ स्थित कब्रस्थानबाट बुधबार गते सशस्त्र प्रहरीले करिब ४५ लाख रुपैयाँ बराबरको ९ कार्टुन इलेक्ट्रिक भेप बरामद गरेको छ ।

नेपालबाट अबैध रुपले भारतर्फ लैजानको लागि सोही ठाउँस्थित परालको कुन्युमा लुकाई छिपाई राखिएको १८ सय वटा इलेक्ट्रिक भेप विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी र सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको टोलीले बरामद गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए

। बरामद भेप महेशपुर भन्सार कार्यालय नवलपरासीमा बुझाइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *