नेपाल ट्रस्टको जग्गा लिज प्रकरणः तीन व्यक्ति र एक कम्पनीविरुद्ध ठगी मुद्दा दर्ता

काठमाडौँ । नेपाल ट्रस्टको जग्गा प्रकरणमा तीन व्यक्ति र एक कम्पनीविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।

बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङविरुद्ध जिल्ला अदालत काठमाडौँमा ठगी मुद्दा दर्ता गरेको हो ।

नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिजमा अनियमिततामा भएको भन्दै पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरिएको छ । त्यस्तै, तीनै जनालाई पाँच वर्ष कैद सजाय माग गरिएको छ ।

उनीहरुले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भएपनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको खुलेको प्रहरीको दाबी छ ।

नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिका बीचमा निर्माण अवधि ३ वर्षसमेत गरी ३० वर्षका लागि सम्झौता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *