एसीसी यु-१९ एसिया कपमा नेपालको लगातार तेस्रो हार

काठमाडौँ । एसीसी यु १९ एसिया कप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । बुधबार समूह चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६ ओभर बलमा ४ विकेट गुमाएर भेटायो । अफगानिस्तानका उजैरुल्लाह नियाजाईले ६१ रन बनाए ।

नेपालका अभिषेक तिवारीले २ विकेट लिए । यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा रहेको द सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभर ४ बलमा सबै विकेट गुमाएर १२४ रन बनायो । फाइनल खेल आगामी सोमबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *