काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अब पदाधिकारीको आकांक्षी नहुने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष ज्ञवालीले पदाधिकारीमा चुनाव नलड्ने घोषणा गरेका हुन् ।
उनले ७० वर्ष पुगिसकेकाले चुनाव नलड्ने तर पार्टीमा सक्रिय भने रहने बताए । एमालेले गत भदौमा विधान सम्मेलनबाट ७० वर्षे उमेर हद भने हटाइसकेको छ ।
