विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ । विचार र आदर्शलाई प्राथमिकतमा राखेर राजनीति गर्दै आएका उपाध्याय केही वर्षयता भने सक्रिय राजनीतिमा थिएनन् ।
विराटनगर महानगरपालिका ७ घर भएका उपाध्याय विगत केही समयदेखि क्यान्सर रोगको उपचार गराउँदै थिए ।
सोही क्रममा उनको गएराति ९२ वर्षको उमेरमा निधन भएको नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले जानकारी दिए ।
