दाङ । दाङको लमहीमा होटलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् ।
लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा लुकाइ राखिएको पेस्तोल शनिबार पड्किँदा सोही होटेलमा कार्यरत १८ वर्षीय सिशम गौतम घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।
उनका अनुसार एसीमाथि लुकाएर राखिएको पेस्तोल कोठा सफा गर्ने क्रममा पड्किएको हो । गौतमको अवस्था सामान्य रहेको जनाउँदै उनले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए । यसअघि गत शनिबार लमहीस्थित एक सुनचाँदी पसलमा गोली चल्दा एक जना घाइते भएका थिए ।
