यूएई र ईयूबीच रणनीतिक साझेदारी: हरित र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा सहयोगमा जोड

अबुधाबी। संयुक्त अरब इमिरेट्स (यूएई) र युरोपेली सङ्घ (ईयू) ले रणनीतिक साझेदारी सम्झौताको लागि औपचारिक वार्ता सुरु गरेको घोषणा गरेका छन् ।

अबु धाबीमा संयुक्त पत्रकार सम्मेलनमा यूएई परराष्ट्र मन्त्रालयका राज्यमन्त्री लाना जाकी नुसैबाह र भूमध्यसागर क्षेत्रका लागि भ्रमणमा आएका ईयू कमिसनर डुब्राव्का सुइकाले यो कदमको घोषणा गरेका हुन् ।

नुसैबाहले यसलाई क्षेत्रीय र विश्वव्यापी स्थिरता तथा समृद्धिका लागि आवश्यक साझा विश्वासको प्रतिबिम्ब भएको बताइन् । उनले ईयूलाई यूएईको शीर्ष लगानी साझेदार र दोस्रो ठूलो व्यापारिक साझेदार भन्दै,’यूएई ईयूसँग ठोस र व्यापक आर्थिक साझेदारी निर्माण गर्न इच्छुक भएको बताइन् ।

सुइकाले यूएईलाई ईयूको रणनीतिक साझेदार र मध्यपूर्व र एसियासँग युरोपलाई जोड्ने महत्वपूर्ण व्यापारिक कड़ीको रूपमा वर्णन गरिन् ।

साथै, दुवै पक्षले व्यापार, लगानी, हरित र डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता लगायतका क्षेत्रमा सहयोग गहिरो बनाउने प्रतिबद्धता दोहोर्‍याए । यो सम्झौताले द्विपक्षीय सहयोगका लागि व्यापक रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ र सन् २०२४ मा ब्रसेल्समा सम्पन्न ईयू–गल्फ कोपरेशन काउन्सिल सम्मेलनमा तय भएको एजेन्डामा आधारित छ ।

यसअघि, मे महिनामा दुवै पक्षले द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौताको वार्ता सुरु गरेका थिए । जसले गल्फ क्षेत्रको लागि ईयूको पहिलो व्यापक व्यापार सम्झौतामा सम्भावित सफलता सङ्केत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *