काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी मागेको छ । नेपाली सेना, भर्ना छनोट निर्देशनालय जंगी अड्डा काठमाडौँले शुक्रबार सूचना जारी गर्दै तीनसय ८८ जना कर्मचारी भर्ना गर्न लागिएको जनाएको हो ।
प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरुको लागि दरखास्त आह्वान गरिएको सेनाले जनाएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी पुस २६ गतेसम्म दरखास्त दिन सक्नेछन्।


