पाकिस्तानमा भएको आक्रमणमा ६ सैनिकको मृत्यु, ६ जना घाइते

इस्लामाबाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा सोमबार आतंकारीहरूले सुरक्षा फौज माथि आक्रमण गर्दा ६ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको सुरक्षा स्रोतले मंगलबार जनाएका छन् ।

स्थानीय समय अनुसार सोमबार दिउसो करिब १:३०मा आतंककारीहरूले कुर्म जिल्लामा सेनाका जवानहरूमाथि गोली चलाएर आक्रमण गरेको स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ ।

आक्रमणको प्रतिक्रीय स्वरुप सुरक्षा बलहरूले गोली चलाउदा बेलुका ७:५० बजे सम्म निरन्तर आक्रमण जारी रहेको स्रोतले जनाएको छ ।

तिव्र झडप र अँध्यारोका कारण घटना स्थलबाट मृतक सैन्य कर्मचारीहरूको शव अहिलेसम्म बरामद हुन नसकेको जनाइएको छ ।

झडपमा घाइते भएका छ जना कर्मचारीहरूलाई सुरक्षित रूपमा उपचारको लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।

स्रोतहरूका अनुसार दुई दलहरू तैनाथ सैनिकहरूलाई समर्थन गर्न पठाइएको अवस्थामा संदिग्ध उग्रवादी समुहले उक्त स्थानहरूमा आक्रमण गरी गोली चलाइएको थियो ।

प्रारम्भिक प्रतिवेदनले झडपमा दुई जना आतंकवादी मारिएको र अन्य दुई जना घाइते भएको जनाएको भएता पनि अहिलेसम्म कुनै शव वा घाइते आतंकवादीहरू फेला नपरेको स्रोतले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *