दाङको लमहीमा गोली चल्दा एकजना घाइते

काठमाडौं । दाङको लमहीमा गोली चल्दा एक जना घाइते भएका छन् । शनिबार दिउँसो लमही नगरपालिका–५, लमही गल्लीस्थित जुनतारा सुनचाँदी पसलमा मोटरसाइकलसहित आएका दुई व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ ।

रा १ प २६३९ नम्बरको मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली चलाउँदा पसलमा काम गर्ने प्युठान घर भएका दिपक सुनार घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *