कान्दाहार(अफगानिस्तान) । गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य सीमामा भएको गोलीबारीमा चार जना सर्वसाधारणको मृत्यु भएको अफगान अधिकारी अब्दुल करिम जहादले शनिबार बताएका छन् ।
गोलाबारीमा अन्य चार जना घाइते भएको दक्षिणी अफगानिस्तानको स्पिन बोल्डक जिल्लाका गभर्नरसमेत रहनु भएका जहादलाई उदृत यर्दै एएफपीले जनाएको छ ।
पाकिस्तानी सीमावर्ती सहर चमनको स्थानीय अस्पतालमा झडपका क्रममा घाइते भई उपचाररत चार जनालाई डिस्चार्ज गरिएको बताइएको छ ।
अक्टोबरको झडप पछि सहमति भएको युद्धविरामको बाबजुद चमन र स्पिन बोल्डक बिचको सिमामा अप्रत्यासित आक्रमण गरेको आरोप दुवै पक्षले एक अर्कालाई लगाएका छन् ।
“केही समय अघि अफगान तालिबानले सीमामा बिना कारण गोलीबारी गरेको पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ता मुशर्रफ जैदीले सामाजिक सञ्जाल एक्स मार्फत जनाएका छन् ।
सीमाका अफगान पक्षका बासिन्दाहरूलाई उल्लेख गर्दै एएफपीले शुक्रबार राति १०ः३० बजे देखि लगभग दुई घण्टा गोलाबारी भएको जनाएको छ ।
कान्दाहारको सूचना विभागका प्रमुख अली मोहम्मद हक्कमलले पाकिस्तानी सेनाले सामान्य आक्रमण गरेको र नागरिक घरहरूमा मोर्टार फायर गरेको बताएका छन्।
