एमाले ‘गोल्डेन बुट’ जित्ने खेलाडी हो, खुट्टामा बल पर्‍यो कि ड्याम्मै गोल गर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै  ओलीले आगामी फागुन २१ गते निर्वाचन हुने निश्चित नभए पनि कुनै पनि बेला हुने निर्वाचनबाट एमाले सरकारमा आउने बताएका हुन् ।

एमालेको शक्ति र प्रभावबारे चर्चा गर्दै अध्यक्ष ओलीले एमालेलाई कसैले रोक्न नसक्ने बताएका हुन् । उनले भने, ‘नेकपा एमाले यस्तो खेलाडी हो, जसले सधैं गोल्डेन बुट जित्छ। एमालेको खुट्टामा बल पर्यो कि कुद्यो र लग्यो, ड्याम्मै गोल गरिहाल्छ।’

यस्तै एमालेलाई विशाल नदीमा आएको बाढीको संज्ञा दिँदै उनले सानातिना अवरोधले छेक्न नसक्ने दाबी गरेका हुन् । ‘एमाले बाढी जस्तै हो, जसलाई बाँसका भाटा वा आलीले रोक्न सकिँदैन। एमाले आयो आयो,’ ओलीले दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *