धोबीखोलामा एक व्यक्तिको शव फेला

काठमाडौं । काठमाडौंको धोबीखोलामा एक व्यक्ति शव फेला परेको छ । मदन भण्डारी कलेजनजिकै खोलामा एक व्यक्तिको शव फेला परेका प्रहरीले जनाएको छ ।

त्यहाँ साइकल पनि फेला परेकाले साइकल दुर्घटना भइ खोलामा खसेको प्रहरीको अनुमान छ ।

मृतकको पहिचान खुलेको छैन । खोलाबाट शव बाहिर निकालेर पहिचान गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *