हेटौंडामा सडक विस्तारमा बाधा पुर्‍याउनेलाई कारबाहीको दायरामा ल्याउने प्रशासनको चेतावनी

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तारमा बाधा पुर्याउनेलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ ।

बुधबार सूचना जारी गर्दै प्रशासनले हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध पुर्याउने र व्यवसायीहरूलाई धम्की दिने समूहलाई कारबाही गर्ने चेतावनी दिएको हो । सडक डिभिजन कार्यालयको अभियानमा बाधा नपुर्याउन प्रशासनले आग्रह गरेको छ ।

सडक डिभिजन कार्यालय मकवानपुरले गत मङ्सिर ५ गते नै सूचना जारी गर्दै सडक विस्तारका लागि तयारी पूरा भएको जनाएको छ ।

प्रशासनका अनुसार, सडक विस्तार अभियानमा सरोकारवाला र हेटौँडावासीको उत्साहजनक सहभागिता देखिएको र धेरैजसो व्यवसायीहरूले तोकिएको समयसीमा मङ्सिर २० गते अगावै आफ्ना पसलहरू अन्यत्र सार्ने र सामानहरू ‘सेल’ लगायतका अफर राखेर बिक्री वितरण गरी सहयोग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *