मधेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक आज बिहान ८ः३० बजेका लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने छन् ।

मुख्यमन्त्री यादवले आज दिउँसो २ बजे प्रदेश सभा बैठक आह्वान गरेर विश्वासको मत लिने वातावरण बनाउन प्रदेश सभामा पत्र पठाएका थिए । तर मधेश प्रदेश सभामा रहेका एमालेबाहेकका दलहरुको सर्वदलीय बैठकबाट बुधबार बिहान ८ः३० बजे नै प्रदेशसभा बैठक आह्वान गर्ने निर्णय भएको हो । प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश गरेपछि प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले आफूलाई यसको औपचारिक रुपमा आदेशको प्रति प्राप्त नभएको बताउँदै प्रदेश सभाबाट प्रति ल्याएर प्रक्रिया अगाडि बढाउन आफूले अग्रसरता लिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *