बेलायतमा बलात्कारको अभियोगमा एक नेपालीलाई २५ वर्षको जेल सजाय

काठमाडौं । बेलायतमा बलात्कारको अभियोगमा एक नेपालीलाई २५ वर्षको जेल सजाय सुनाइएको छ । ४९ वर्षीय प्रमोद ढकाललाई आठजनामाथि बलात्कार र यौन दुव्र्यवहारको आरोपमा २५ वर्षको जेल सजाय सुनाइएको हो ।

दुव्र्यवहार सन् २०२३ नोभेम्बरमा मात्रै सार्वजनिक भएको थियो, जब पीडितमध्ये एकले परिवारसँग आफ्नो पीडा सुनाइन् । त्यसपछि थप पीडितहरू अगाडि आएका थिए । पीडितमध्ये एक बाहेक सबैजना बालिकाहरू थिए । जसमा सबैभन्दा सानो आठ वर्षकी थिइन् ।

अधिकांश क्याम्ब्रिजशायरका र एक लन्डनकी थिइन् । ढकाललाई पहिलो उजुरी आएपछि सन् २०२३ मा उनी पक्राउ गरिए पनि उनले सबै अपराध अस्वीकार गरेका थिए । यसबारेमा क्याम्ब्रिज क्राउन कोर्टमा २० दिन सुनुवाइ चलेको थियो । जुरीले तीन घण्टाभन्दा कम छलफलपछि ढकाललाई २५ अभियोगमा सोमबार दोषी ठहर गरेको थियो ।

उनीमाथि १६ वर्षमुनिका बालिकामाथि १५ यौन दुव्र्यवहार, १६ वर्षमुनिका बालिकामाथि ७ बलात्कार र ३ वटा बालबालिकालाई यौन क्रियामा उक्साउने वा संलग्न गराउने अभियोग लगाइएको थियो । अदालतले उनलाई २५ वर्ष जेल र थप ८ वर्ष निगरानी अवधिका साथ सजाय सुनाएको छ ।

ढकाललाई अनिश्चितकालका लागि यौन–अपराधी दर्तामा राखिनेछ तथा सबै पीडितसँग सम्पर्क निषेध गरिएको छ । ढकाल सन् १९९८ मा लन्डन आएका थिए । उनी पछिल्लो समय पीटरबरोमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका थिए । ढकालको पुख्र्यौली घर धादिङ रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *