काठमाडौं । डेनमार्कका लागि नेपालको आवासीय राजदूत सुम्निमा तुलाधर नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त भएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । यसअघि मन्त्रिपरिषद बैठकले तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।

