काठमाडौं महानगरका मेयर साहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पितृशोक परेको छ । मेयर साहका पिता रामनारायण साहको सोमबार निधन भएको हो ।

आइतबार मीनभवनस्थित सिभिल अस्पताल भर्ना भएका थिए । रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखापरेको थियो भने संक्रमण शरीरमा फैलिएको थियो ।

साहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनी आयुर्वेद चिकित्सक थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *