विराटनगरमा जेनजी आन्दोलनमा आगजनी र तोडफोड गरेको आरोपमा कांग्रेस, एमाले र माओवादीका कार्यकर्ता पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरस्थित सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी घटनामा संलग्न भएको आरोपमा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका छन् ।

मोरङ प्रहरीका अनुसार अन्सारीसहित आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाल पनि पक्राउ परेका छन् । मोरङ प्रहरीले पाँचै जनालाई आइतबार साँझ पक्राउ गरेको हो । उनीहरू मोरङ जिल्ला अदालतसहितका सरकारी कार्यालयमा आगजनी र तोडफोडमा आबद्ध भएको आरोप छ ।

अन्सारी घटना भइरहँदा अन्सारी मोदीका स्वकीय सचिव थिए । प्रहरीका अनुसार आवास पौडेल नेपाली कांग्रेस, अरुण साह एमाले तथा अन्सारी माओवादी कार्यकर्ता हुन् ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ । यसअघि पनि प्रहरी चौकी र गाडीमा आगजनी गरेको आरोपमा २१ जनालाई पक्राउ गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *