काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ता भएको छ । आइतबार राति मन्त्री घिसिङले सामाजिक संजालमार्फत मेयर साहसँगको तस्बिर सार्वजनिक गरेका हुन् ।
मेयर साहसँगको तस्बिर सार्वजनिक गर्दै मन्त्री घिसिङले आफूहरु देश बनाउने अभियानमा सँगै रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘देश बनाउने अभियानमा हामीसँगै छौँ।’ कुलमानको उज्यालो नेपाल पार्टीलाई बालेनको समर्थन रहेको बताइएको छ ।
