पुस २६ देखि २९ सम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २९ सम्म १५ औं महाधिवेशन गर्ने तयारी गरेको छ । सोमबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पुस २६ देखि २९ सम्मको कार्यतालिका पारित गर्ने तयारी भएको हो ।

आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलबाट यस्तो सहमति जुटेको बताइएको छ ।

सोमबारको केन्द्रीय समिति बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति खड्काले नै पेस गर्नेछन् ।

महाधिवेशनको मितिलाई लिएर संस्थापन र इतरपक्षबीच विवाद हुँदा केन्द्रीय कार्यसमिति बैठक पटक पटक सर्दै आएको छ । २८ असोजदेखि सुरु भएको केन्द्रीय समिति बैठक पटक–पटक सर्दै सोमबारका लागि तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *