पार्टीको १५ औं महाधिवेशन पुस मसान्तभित्र सम्पन्न गर्ने विषयमा सहमति भएको नेता गुरुङको दाबी

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुस मसान्तभित्र सम्पन्न गर्ने विषयमा नेताहरुबीच भद्र सहमति भएको छ ।

कांग्रेस नेता कल्याण गुरुङका अनुसार शनिबार पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खडकाको अथक प्रयास, अधिकतम लचकता र शालिन सदासयताका कारण पार्टीको १५औं महाधिवेशन पुस मसान्त भित्र सम्पन्न गर्ने गरी महाधिवेशनको कार्य तालिका ल्याउने विषयमा भद्र सहमति भएको हो ।

उनकाअनुसार १५औं महाधिवेशन पुस मसान्त भित्र सन्पन्न गर्ने गरी कार्यतालिका ल्याउने, महाधिवेशन सम्पन्न गर्न केन्द्रीय क्रियाशील छानबिन समिति लगायत व्यवस्थापन गर्न आवश्यक समितिहरु निर्माण गर्ने, निर्वाचनलाई केन्द्रीकृत गरि आवश्यक समितिहरु निर्माण गर्ने विषयमा सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *