बरु बाबुरामकै बाटो ठिक !

-ऋषि कट्टेल ।

पहिले डा. बाबुराम भट्टराईले कम्युनिष्ट पार्टी छोडे भनेर निकै चर्चा हुन्थ्यो । अहिले जनार्दनले कम्युनिष्ट छोडे भनेर टिप्पणी गरिरहेका छन् । उनीहरु अहिले पनि आफूचाहिँ कम्युनिष्टनै रहेको ढोँग रचिरहेका छन् ।
मलाई यसबारे पुरानो कुरा याद आयो । माओवादी युद्धमा थियो । सुरेश वाग्ले मेरा मित्र थिए । एकदिन हाम्रो भेट भयो । म सुरुदेखिनै दीर्घकालिन जनयुद्धको लाईनसँग असहमत थिए । म जनविद्रोहको राजनीतिक कार्यदिशाको पक्षमा थिएँ । सुरेशसँग यसबारे धेरै पटक छलफल भएको थियो । त्यस दिन मैले बाबुरामको नामै लिएर बाबुराम जस्तो मान्छे तपाईँको कमान्डर छन् कस्तो युद्ध गर्नुहोला ? भनेँ । किनकी मलाई राम्ररी थाहा थियो बाबुराम कम्युनिष्ट थिएनन । लोकतान्त्रिक गणतन्त्रवादी थिए । सुरेशजीले मसँग मध्यमवर्गीय बुद्धिजीवीको समर्थन जुटाउन प्रयोग गरेको तर्क गरे । सुरेश त मारिनु भयो ।

तर माओवादी युद्ध लोकतान्त्रिक गणतन्त्रमै विसर्जन भयो । बाबुरामजीले आफ्नो बाटो बनाउनुभयो । कम्युनिष्ट भएको ढोंग देखाउनु भन्दा जे हो त्यही भने । यसमानेमा बाबुराम प्रचण्ड भन्दा इमान्दार हुन् भनेर मैले टिपपणी लेखें । आजफेरि जनार्दन राम कार्कीकाबारे उही कुरा दोहरिएको छ । अहिले बनेको नेपाली कम्युनिष्ट पार्टीलाई कम्युनिष्टको खोल ओढााएर ढोंग गर्नु भन्दा पिएलपी भन्नुनै इमान्दार कुरा हो ।

पूर्वमाओवादीहरुले जनार्दनलाई कम्युनिष्ट छोड्यो भन्नु त्यत्तिकै हास्यास्पद हो जति हिजो बाबुरामलाई कम्युनिष्ट भनेर महिमा गाइन्थ्यो । विसर्जनवादमा पतन भएको माओवादी केन्द्र माधव नेपाल कम्पनीभन्दा जनार्दन बाबुरामहरु निश्चयनै प्रगतिशलि छन् । माओवादीहरुले बरु कम्युनिष्टको खोल झिकेर आफूलाई बाबुरामहरुको बाटोमा लागे कल्याण हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *