वीरगन्जमा दुई चिकित्सकसहित १६ जनामा कोरोना संक्रमण, चार जनालाई आईसीयूमा राख्ने तयारी

काठमाडौं । वीरगन्जमा दुई चिकित्सकसहित १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ । उनीहरुमध्ये चार जनाको अवस्था गम्भीर रहेको र आईसीयू चाहिने अवस्था रहेको बताइएको छ ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा मदन उपाध्यायले दुई चिकित्सकसहित १६ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । मंगलबार दिउँसो संकलन गरिएको नमुनाको रिपोर्ट बुधबार राति आएको थियो ।

संक्रमित सबै वीरगन्जकै हुन् । उनीहरूलाई नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गर्ने तयारी गरिएको छ । यसअघि कोरोना संक्रमित अस्पतालकी एक नर्स संक्रमणमुक्त भएर काममा फर्किसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *