काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहिबेरमा शुरू हुने खेलमा चितवन राइनोजले टस हारेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरू हुने खेलमा लुम्बिनी लायोन्सका कप्तान रोहित पौडेलले टस जितेर चितवनलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
लुम्बिनीको प्लेइङ ११ : डार्सी शर्ट, दिलिप नाथ समिर अली, समिर अली, रोहित पौडेल(कप्तान), सन्दीप जोरा, जेजे स्मित, गुल्बादिन नैब, दिनेश अधिकारी, शेर मल्ल, रुबिन ट्रम्पेलमन, अभिशेष गौतम
चितवन राइनोजको प्लेइङ ११ : डेविड मलान, अर्जुन साउद, देव खनाल, कुशल मल्ल(कप्तान), रवि बोपारा, सैफ जैब, दीपक बोहोरा, अमर सिंह रौटेला, रिजन ढकाल, कमल सिंह एरी, सोहिल तन्भिर
