सिंहदरबारमा सुरक्षा परिषदको बैठक, सेना परिचालन गर्ने तयारी

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि सेना परिचालनका गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्न सुरक्षा परिषद्को बैठक बोलाएकी हुन् ।

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल र रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल सहभागी छन् ।

एकीकृत निर्वाचन सुरक्षा योजना–०८२ केन्द्रीय सुरक्षा समितिबाट पारित भइसकेको छ। सेना परिचालनको सिफारिस प्रयोजनार्थ गृहमन्त्रालयले रक्षा मन्त्रालयमार्फत सुरक्षा परिषद्मा पत्राचार गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *