काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिमरा घटनाप्रति आपत्ति जनाएका छन् । स्थानीय विकास विभागले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिक दलका स्वतन्त्र गतिविधि रोकेर चुनाव नहुने बताएका हुन् ।
उनले सिमरा विमानस्थल बन्द गर्नुपर्ने अवस्था आउनु राम्रो नहुने बताए । उनले भने,‘बारामा हाम्रो कार्यक्रम थियो । नेताहरु जानपाउनु भएन । विमानस्थल नै तोडफोड भयो र बन्द गरियो । सभा गर्न नदिनेले कसरी चुनाव हुन्छ ?’
अध्यक्ष ओलीले निष्पक्ष एवम् चुस्तदुरुस्त ढङ्टबाट सेवा प्रवाह गर्न स्थनीय जनप्रतिनिधिहरूलाई निर्देशन दिए । उनले निष्पक्ष भई मितव्ययी एवम् पारदर्शीढङ्गबाट यथासक्य छिटो सेवा प्रवाह गरी जनताको विश्वास जित्न अनुरोध गरे ।
शान्तिसुरक्षा र सुशासनको पक्षमा काम गर्दा जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न तयार हुनुपर्ने बताउँदै उनले सकारात्मक सोचका साथ सदैव देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउने जिकिर गरे ।
उनले सोमबार राति पक्राउ परेका नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न माग गरे । उनले सरकारमा स्वेच्छाचारिता बढेको र अराजकता पनि बढेको आरोप लगाउँदै प्रसाईंको पक्राउ गलत भएको बताए । उनले भने, ’सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्तै छोड्नुस् । बोल्नै नपाउने पनि हुन्छ ?’
