सिमरा घटनाले आसन्न निर्वाचनलाई थप अन्यौल बनाएको सचिव भट्टराईको टिप्पणी

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले बुधबार सिमरामा भएको घटनाले आसन्न निर्वाचनलाई थप अन्यौल बनाएको टिप्पणी गरेका छन् ।

बुधबार पार्टीका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा सहभागी हुन बारा जाने खोज्दा अवरोध भएको भन्दै यसले निर्वाचनलाई थप अन्यौल बनाएको बताएका हुन् ।

उनले भनेका छन्, ‘आज सिमरामा भएको घटनाप्रति दुःख व्यक्त गर्दछु । नेकपा एमाले महासचिव कमरेड शंकर पोखरेल सहभागी हुने पूर्व घोषित कार्यक्रम बिथोल्न गरिएको हर्कतले मुलुकको शान्ति सुरक्षामाथि गम्भीर चिन्ता उत्पन्न गरेको छ । देशको एक ठाउबाट अर्को ठाउमा निर्विवाद हिँडडुल गर्न पाउने तथा शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको सम्मान गर्न सबैमा अपील गर्दछु । यस्ता गतिविधिले आसन्न निर्वाचनलाई थप अन्यौल र अनिश्चय तिर धकेल्ने कुरामा सचेत रहन र शान्ति सुव्यवस्था कायम राख्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *