उत्तेजना बढाउने काम नगर्न जेनजीलाई संविधानविद आचार्यको आग्रह

काठमाडौं । संविधानविद डा. भीमार्जुन आचार्यले दलका नेता कार्यकर्तालाई जनतामाझ जान अवरोध गरे निर्वाचन हुन नसक्ने बताएक छन् ।

बुधबार बारामा पार्टीको कार्यक्रममा जान लागेका एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई रोक्ने उद्देश्यले सिमरा विमानस्थलमा जेनजी समूहले अवरोध गरेको विषयलाई इंगित गर्दै आचार्यले यस्तो बताएका हुन् ।

जेनजीको प्रदर्शनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । आचार्यले भनेका छन्,‘नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अबरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ? अनि यस्तो काम गर्न पाइन्छ कसरी ? आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र ? जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नु पर्यो । उत्तेजना बढाउने काम कसैको हितमा हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *