भारतले शेख हसिनालाई सुपुर्दगी नगर्नेमा छोरा आशावादी

अमेरिका । बङ्गलादेशको अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले बङ्गलादेश सरकारले भारतलाई गरेको सुपुर्दगी अनुरोध अवैध भएको भन्दै नयाँ दिल्लीले यसलाई सम्बोधन नगर्ने विश्वास व्यक्त गरेका छन् ।

वाजेदले भारत सरकारलाई यो अनुरोधलाई कसरी सम्हाल्ने भनेर राम्रोसँग थाहा भएको जनाउदै भारत सरकारले यस्तो अवैध अनुरोधको जवाफ नदिने भन्दै भारतीय लोकतन्त्र र विधिको शासन माथी विश्वास व्यक्त गरेका छन् ।

बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सोमबार शेख हसिना र उनका निकट सहयोगी, पूर्व गृहमन्त्री असदुज्जमान खानलाई मृत्युदण्डको सजाय सुनाएको छ । यसैगरी तेस्रा अभियुक्त, पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्ला अल–मामुनलाई सन् २०२४ मा जुलाई–अगस्ट विद्रोहको क्रममा ‘मानवता विरुद्धको अपराध’ गरेकोमा राज्य साक्षी बनेको कारण पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

हसिनाले आफ्नो विरुद्धमा गरिएको फैसलाको जवाफ दिँदै बिना निर्वाचन बनेको सरकारले स्थापना गरेको र अध्यक्षता गरेको धांधलीयुक्त न्यायाधिकरणले गरेको निर्णयमा कुनै लोकतान्त्रिक जनादेश नभएको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *