काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत बारा जान खोज्दा सिमरा विमानस्थलमा तनाव भएको छ । कार्यक्रममा सहभागी हुन बारा जाने थापा पाएपछि त्यहाँ जेनजी समूहले प्रदर्शन गरेको थियो ।
जेनजी समूहले पोखरेल र बस्नेतलाई आउन नदिने भन्दै विमानस्थल घेर्न खोजेपछि प्रहरीसँग झडपसमेत भएको छ । अहिले विमानस्थलको सुरक्षामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सिमरा विमानस्थलमा तनाव भएपछि काठमाडौंबाट उड्न लागेको बुद्ध एयरको जहाज नै रोकिएको छ ।
बस्नेत र पोखरेल बारामा बुधबार आयोजना हुने प्रदेशस्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन जान लागेका थिए ।
