एनपीएलमा काठमाडौँ र सुदूरपश्चिम भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज साविक उपविजेता सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दैछन् । कीर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा हुने खेल बेलुकी ४ बजे शुरू हुनेछ ।

दुवै टोली आज जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । काठमाडौं आज दोस्रो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम पहिलो खेलमै जित निकाल्दै प्रतियोगितामा सुखद शुरूवात गर्न चाहन्छ । काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।

काठमाडौँको टोलीमा करण केसी(कप्तान) भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर (विकेटकिपर), सन्नी पटेल, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटा समावेश छन् ।

सुदूरपश्चिम रोयल्सको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तानसमेत रहेका दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । उनी नेतृत्वको टोलीमा विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, इशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मित सिंह, आरिफ शेख, दीपेन्द्र थापा (विकेटकिपर) र हिम्मत महरा छन् ।

काठमाडौँको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक मोन्टी देशाइ र सुदूरपश्चिमको प्रशिक्षक जगत टमाटा रहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि जारी प्रतियोगितामा आठ टोली सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *