प्रधानमन्त्रीले आयोगमा दर्ता भएका दलहरुसँग निर्वाचनबारे छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्रीले सुशीला कार्कीले आज निर्वाचन आयोगमा दर्ता भएका दलसँग आगामी निर्वाचनबारे छलफल गर्ने भएकी छन् ।

आज अपरान्ह ४ बजे छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलहरूलाई बोलाइएको छ । प्रधानमन्त्रीले दलका नेताहरूसँग छलफल नै नगरेको गुनासो आएको थियो । त्यसलाई सम्बोधन गर्न प्रधानमन्त्रीले छलफलमा डाकेकी हुन् । सरकारले २१ फागुनमा चुनावको मिति तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *