काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरूले पार्टी सुधारको अभियान थालेको भन्दै अब नझुक्ने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले महाधिवेशनको नभएर पार्टी सुधारको बहस थालिएको बताएका हुन् ।
उनले अब पुरानै शैलीले अब काम नचल्ने भन्दै सुधार गरेर मात्र विश्वास फर्किने बताए । उनले नयाँ ऊर्जा र सुधारिएको कांग्रेस चाहिएको बताए ।
उनले भनेका छन्, ‘कांग्रेसभित्र अहिले बहस अधिवेशनको मिति होइन, पार्टी सुधारको दिशाबारे हो । नागरिकले दिएको सन्देश स्पष्ट छ पुरानै शैलीले अब काम चल्दैन । सुधार गरेर मात्र विश्वास फर्किन्छ । पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ। सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ । हामी न झुक्छौँ, न झुकिन्छौँ। जय नेपाल !’
