सुन मूल्य आज पनि बढ्यो, तोलाको ९५ हजार कट्याे

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६५ निर्धारण गरेको छ ।

बुधबार एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३ सयले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय ६० तोकिएको थियो । यस्तै चाँदीको मूल्यपनि प्रतितोला रु १० ले वृद्धि भएर एक हजार १ सय ४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *