कर्णालीद्वारा चितवनलाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारि खेलमा कर्णालीले चितवनलाई जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो । कर्णालीको लागि प्रियङ्क पन्चलले सर्वाधिक ९० रन बनाए । उनले ४८ बलमा ७ चौका र छ छक्का प्रहार गरे । यस्तै पवन सरार्फले २७ मार्क डो’वुडले १६, मार्क वाटले १६ र नाजिबुल्लाह जद्रानले ४ रनको योगदान गरे ।

चितवनको लागि सोहिल तन्भिर, सैफ जैब र रवि बोपाराले समान एक/एक विकेट लिए । हाल चितवनले जवाफी ब्याटिङ गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *