काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली राइनोज भिड्दैछन् । खेल बिहान ११ः४५ बजे हुने शुरू हुनेछ ।
चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् ।
यस्तै आजै हुने दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । विराटनगर सन्दीप लामिछाने र पोखरा कुशल भुर्तेलको कप्तानीमा रहेनेछ ।
यसअघि सोमबार भएको उद्धाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा विजयी शुरुवात गरेको हो । जितसँगै काठमाडौँले दुई अङ्क पनि जोडेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा भएको प्रतियोगिता मङ्सिर १ गतेदेखि मङ्सिर २७ गतेसम्म चल्नेछ ।
